काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालिको नाममा रहेको ८४ हजार ५६६ शेयर कित्ता मध्ये २६ हजार ९४७ कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले सो शेयर प्रतिकित्ता न्यूनतम मूल्य १७० का दरले बिक्रीमा राखेको छ।
कम्पनीले यसअघि सो शेयर कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै सो शेयरमा निवेदन प्राप्त नभएपछि अब सर्वसाधारणका लागि बिक्री ल्याएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण जो कोहीले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाएर आवेदन दिनुपर्नेछ।






About Us
प्रतिक्रिया