राष्ट्रिय वाणिज्य बैंकको पस माध्यमबाट भुक्तानी सेवा शुरु

राष्ट्रिय वाणिज्य बैंकको पस माध्यमबाट भुक्तानी सेवा शुरु


बैकिङ्ग समाचार । 
राष्ट्रिय वाणिज्य बैंकले दशै-तिहारलाई मध्यनजर गर्दै कार्तिक १ गते, शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि राष्ट्रिय वाणिज्य बैंककै पोइन्ट अफ सेल (पस) को माध्यमबाट भुक्तानी सेवा शुरु गरिएको छ ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पिओएसको माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यासब्याक हुनेछ ।

विश्वव्यापी रुपमा फैलिएको माहामारीबाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैंकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।