काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) काे जिम्मेवारी अमित कुमार कयालले पाएका छन्। कयाललाई कम्पनीको सञ्चालक समितिको ४१८औं बैठकले कामु सीईओको जिम्मेवारी दिएको हो।
कम्पनीले साउन ४ गतेदेखि साउन २८ गतेसम्म सीईओको पद रिक्त रहने भएकाले उनलाई कामु सीईओको जिम्मेवारी दिइएकाे बताएकाे छ। कयालले २४ दिनसम्म कामु सीईओकाे जिम्मेवारी सम्हाल्नेछन्। कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली रहेका छन्।
कम्पनीले बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानून बमोजिम कम्पनीको दैनिक प्रशासकीय एवं अन्य आवश्यक व्यवस्थापकीय कार्यहरु गर्न कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कयाललाई सो पदको जिम्मेवारी जनाएकाे छ।






About Us
प्रतिक्रिया