भिरकोट नगरभित्रका बैंक तथा वित्तिय संस्थाहरु सिल 

भिरकोट नगरभित्रका बैंक तथा वित्तिय संस्थाहरु सिल 


बैकिङ्ग समाचार ।
स्याङजाको भिरकोट नगरपालिले नगर भित्रका बैंक तथा वित्तिय संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट नगरपालिका–२ मा एक जनाको मृत्यु भएपछि नगरपालिकाको कार्यालयले यस्तो निर्णय जारी गरेको हो । नगरपालिकाका मेयर  छायराम खनालले आगामी कात्तिक ३ गतेसम्म अत्यावश्क बाहेकका सबै सेवा बन्द गरिएको जानकाारी दिँदै नगरवासीहरुलाई अत्यन्तै सजग हुन आग्रह गरे । 

साथै विदेशबाट नगरपालिकाभित्र प्रवेश गर्ने व्यक्तिहरुले नेगेटिभ लिई वडा  कार्यालय हाजिर हुनुपर्ने बताइएको छ ।