निर्धन उत्थान लघुवित्तको सीईओमा नारायण बहादुर कार्की नियुक्त


काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण बहादुर कार्की नियुक्त भएका छन्। संस्थाको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कार्कीलाई साउन १ गते (आजदेखि) लागू हुने गरी २०८५ असार ३१ गतेसम्म २ वर्ष पहिलो कार्यकालको लागि नियुक्ति गरेको कम्पनीले जनाएको छ।