काठमाडौं – पूर्व मिस नेपाल अस्मी श्रेष्ठ शिखर इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बासडर बनेकी छिन्। केही दिन अघि उनी कम्पनीसँग ब्रान्ड एम्बासडरको रुपमा जोडिएकी हुन्। एक कार्यक्रमका बीच पूर्व मिस नेपाल श्रेष्ठले कम्पनीसँग यस विषयमा सम्झौता गरेकी हुन्। सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए।

श्रेष्ठको आत्मविश्वास, महत्वाकांक्षा र उत्कृष्टताको भावना युवा पुस्ताका लागि प्रेरणादायी हुने विश्वासका साथ कम्पनीले आबद्ध गराएको हो। कम्पनीको ब्रान्ड एम्बासडरमा मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि रहेका छन्।अस्मी जाेडिएसँगै कम्पनीको ब्रान्ड एम्बासडर सदस्य संख्या ३ पुगेको छ।
कम्पनीले अस्मी श्रेष्ठको नियुक्तिलाई आफ्नो ब्रान्ड प्रवर्द्धन अभियानको नयाँ अध्यायका रूपमा लिँदै यस साझेदारीमार्फत युवालाई सशक्त बनाउने, बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित भविष्य निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।






About Us
प्रतिक्रिया