सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधी तेस्रो पटक संशोधन, महिलालाई १५ र विदेशबाट फर्केकालाई १० लाखसम्म ऋण

सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधी तेस्रो पटक संशोधन, महिलालाई १५ र विदेशबाट फर्केकालाई १० लाखसम्म ऋण


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधी तेस्रो पटक संशोधन गरेको छ । गत असोज ८ गते बसेको मन्त्रीपरिषदको बैठकले उक्त कार्यविधि पारित गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उक्त सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधी २०७५ को तेस्रो संशोधनमा भएको व्यवस्था अनुसार लागु गर्न मंगलबार निर्देशन दिएको छ । उक्त कार्यविधीमामा महिला उद्यमी बन्नका लागि अधिकतम १५ लाखसम्म कर्जा सहुलियत कर्जा पाउने छन् । त्यसैगरी, व्यवसायीक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड, शिक्षित युवा तथा स्वरोजगार कर्जा ७ लाख, विदेशबाट फर्केकालाई युवा परियोजना कर्जा १० लाख उपलब्ध गराइने भएको छ ।

यसैगरी, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख, उच्च प्रविधि तथा व्यवसायिक कर्जा ५ लाख, भुकम्प पीडितहरुको निजि आवस निर्माण कर्जा ३ लाख, कपडा उद्योग सञ्चालनका लागि ५ करोड र प्रविधि शिक्षा तथा व्यवसाय तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागि २ लाखसम्म कर्जा बैंकबाट लिन सकिने छ ।