काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले तिन वटा पदमा कर्मचारी माग गरेको छ। कम्पनीले असार २२ गते (आजदेखि) तिन वटा पदमा कर्मचारी माग गरेको हो। कम्पनीले अधिकृत श्रेणीको अधिकृत, कनिष्ठ अधिकृत र सहायक श्रेणीअन्तर्गत कनिष्ठ सहायक/प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।
अधिकृत श्रेणीअन्तर्गको दुवै पदका लागि स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनीको पदमा कम्तीमा २ वर्ष काम गरेको र सहायक श्रेणीको दुवै पदका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा छ महिना काम गरेको हुनुपर्छ पर्नेछ। त्यस्तै, प्रशिक्षार्थी कनिष्ठ सहायकको हकमा भने अनुभव नचाहिने कम्पनीले जनाएको छ।
उमेर हदमा अधिकृत श्रेणीका लागि १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहाायक श्रेणीका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित इमेल ठेगानामार्फत वा कम्पनीको बेवसाइटको करियरभित्र रहको एप्लाई फर्ममार्फत आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया