सेयर लगानीकर्ता विकास बैंकतिर तानिए,मुक्तिनाथका  लगानीकर्ता मालामाल

सेयर लगानीकर्ता विकास बैंकतिर तानिए,मुक्तिनाथका  लगानीकर्ता मालामाल


बैकिङ्ग समाचार ।
सोमबार सेयर बजारको परिसूचक नेप्से १.७ अंकले बढेको छ।

आजको कारोबारपछि नेप्से १५ सय ७८ अंकमा कायम भएको छ। कारोबार खुलेको ५० मिनेटसम्म घटेर १५ सय ६६ अंकसम्म झरेको नेप्से त्यसपछि उकालो लागेको हो। 

यस दिन १८९ कम्पनीको १ अर्ब ९४ करोड रुपैयाँको सेयर किनबेच भयो। यस दिन सेयर लगानीकर्ता विकास बैंक समूहमा तानिएका छन्। जसले गर्दा सो समूह सबैभन्दा धेरै ७९ अंकले बढेको छ। 

बैंकिङ २, ब्यापार २, होटल ६ र माइक्रोफाइनान्स ३ अंकले बढे। जलविद्युत ७, फाइनान्स ११, निर्जीवन बीमा १२, उत्पादन १५, जीवन बीमा २८ र अन्य समूह १ अंकले घटेका छन्। 

मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.८ प्रतिशत कमाए। त्यस्तै कर्पोरेट विकास बैंकको मूल्य ५ प्रतिशतले बढ्यो। सबैको लघुवित्तका लगानीकर्ताले ६ प्रतिशत मूल्य गुमाए। 

मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।