राष्ट्रिय बीमा कम्पनीले माग्यो कर्मचारी


काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सह व्यवस्थापक १ जना, चार्टड एकाउन्टेन्ट १ जना, व्यवस्थापक १ जना, कानून अधिकृत १ जना, सहायक व्यवस्थापक ३ जना र सहायक ‘क’ पदमा १ जना कर्मचारी माग गरेको हो।

मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बीमा, अर्थशास्त्र, विज्ञान, कृषि तथा पशु विज्ञान, तथ्याङ्क शास्त्र, कानून वा सूचना प्रविधिमध्ये कुनै एक विषयमा कम्तीमा स्नातकोत्तर तह वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन पाउनेछन् ।

इच्छुकले आजको २१ दिन भित्र र दोब्बर दस्तुर तिरी म्याद समाप्त भएको मितिले ७ दिन दरखास्त बुझाउन सक्नेछन् । दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्टसम्म बुझाउन सकिनेछ ।

लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ । लिखित परीक्षा हुने मिति र परीक्षा केन्द्र पछि प्रकाशित गरिने उल्लेख छ ।