राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो कर्मचारी, कसले दिन पाउँछन् आवेदन ?


काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ३६ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले सह व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक पदको विभिन्न तहमा प्रशासन र प्राविधिक सेवा अन्तर्गतको विभिन्न समूहमा आवेदन खुल्ला गरेको छ । कम्पनीले प्रशासन समूहतर्फ ७ जना, लेखा सूमहतर्फ १८ जना, कानून समूहतर्फ १ जना, सिए समूहतर्फ ४ जना, एक्चुरी समूहतर्फ ३ जना र सूचना प्रविधि समूहतर्फ ३ जना माग गरेको हो ।

इच्छुकले आजको २१ र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् । लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ भने लिखित परीक्षा हुने मिति र परीक्षा केन्द्र पछि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।