सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट


बैकिङ्ग समाचार । 
सानिमा बैंकले तो डिलसँगको सहकार्यमा “बिग डिल एट सस्तो डिल” योजना ल्याएको छ । दशैंंको अवसरमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

जस अन्तरर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५% छुट वा अधिकतम् २ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बताइएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “फस्ट कम फस्ट सर्भिस ” को आधारमा छुट प्रदान गरिने छ । यो

योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुने बैंकले जनाएको छ ।

बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।