प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आजदेखि १९ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको कुल १८ लाख ९९ हजार २४१ कित्ता शेयर बिक्रीमा राखेको हो। 

कम्पनीले सो शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। कम्पनीको सो शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्थाले यो सूचना प्रकाशित भएको आजको मितिले ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।