एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याट भुक्तानी सम्बन्धी सम्झौता 

एनएमबी बैंक र टेन्सेन्ट होल्डिंग्सबीच विच्याट भुक्तानी सम्बन्धी सम्झौता 


बैकिङ्ग समाचार । 
एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरेको छ। 

सम्झौताअनुसार उक्त कम्पनीको विच्याट भुक्तानी प्रणालीमार्फत नेपाल आउने चिनियाँ पर्यटकले नेपालमा किनेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरिएको छ।

एनएमबी बैंकले विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो बैंक आफू रहेको बताएको छ।

यस्तो साझेदारीबाट एनएमबी बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारिक साझेदार बन्नेछ।

उनीहरूले सबैभन्दा बढी मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएकोमा बैंकले खुशि व्यक्त गरेको छ। जसले पर्यटकहरुका मुद्रा विनिमयको समस्यालाई सहज बनाउने विश्वास लिइएको छ।