नेपाल राष्ट्र बैंकमा कार्यरत डेढ दर्जन कर्मचारीमा कोराना संक्रमण पुष्टी

नेपाल राष्ट्र बैंकमा कार्यरत डेढ दर्जन कर्मचारीमा कोराना संक्रमण पुष्टी


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका एकै पटक १९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 

बैंकका कर्मचारीहरुले शनिबार स्वाप दिएका थिए र आइतबार उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित कर्मचारीहरुलाई हाल आइसोलेसनमा राखिएको छ । 

संक्रमित हुने कर्मचारीहरु बैंकको १० वटा विभागमा कार्यरत कर्मचारीहरु रहेका छन् । बैंकका बैकिङ्ग विभाग, मुद्रा व्यवस्थापन विभाग, मानव संसाधन तथा व्यवस्थापन विभाग, कर्पोरेट प्लानिङ विभाग, आइटी विभाग, विकास बैंक सुपरिवेक्षण विभाग, गभर्नर कार्यालय र टकसाल डिभिजनअन्तर्गत कार्यरत कर्मचारीहरु हुन् । 

जसमध्ये एक जना कार्यकारी निर्देशक समेतलाई कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै अहिलेसम्म राष्ट्र बैंकका ८० जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भइसकेका छन् । संक्रमित कर्मचारीहरुको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको छ ।