डिजिटल कारोबारमा राष्ट्र बैंकले शुल्क तोक्यो, कति कारोबारमा कति शुल्क ?

डिजिटल कारोबारमा राष्ट्र बैंकले शुल्क तोक्यो, कति कारोबारमा कति शुल्क ?


बैकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई राजस्‍वमा सीमा तोकेको छ । राष्ट्र बैंकले नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्‍चालन गरेको वालेटमार्फत राजस्व भुक्तानी गर्दा लाग्‍ने शुल्क तोकेको हो ।

जसअनुसार वालेटमार्फत १ हजारसम्मको कारोबार निःशुल्क भुक्तानी गर्न सकिनेछ । त्यसैगरी १ हजार भन्दा माथि देखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजार भन्दा माथि देखि १० हजारसम्मको भुक्तानीमा १० रुपैयाँ र सोभन्दा माथिको भुक्तानीमा ३० रुपैयाँ शुल्क लाग्नेछ ।

केन्द्रीय बैंकले पुस मसान्तसम्मका लागि भने कोभिडको कारण देखाउँदै वालेमार्फत हुने राजस्व भुक्तानी निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।