काठमाडौं – सिटिजन्स बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४५ हजार ३७१.०६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नआए सो शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया