युनाइटेड अजोड इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । असार ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोडको ४.२८५७ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले सोहीअनुसारको विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको छ ।