अशोक लेलैण्ड र माछापुच्छ्रे बैंक बिच सम्झौता: सवारी कर्जामा ६० प्रतिशतसम्म सहुलियत

अशोक लेलैण्ड र माछापुच्छ्रे बैंक बिच सम्झौता: सवारी कर्जामा ६० प्रतिशतसम्म सहुलियत


बैकिङ्ग समाचार । 
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान पाउने छन् ।

बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डस्ट मोडलका सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० प्रतिशत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध हुनेछ ।

यो कर्जा ७ वर्ष सम्मको लागि मासिक किस्ता तिर्ने आधारमा तय हुने बैंकले जनाएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको कुनै पनिै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।