सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा उछाल, ३ दिनमै साढे ७ लाख आवेदन 

सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा उछाल, ३ दिनमै साढे ७ लाख आवेदन 


बैकिङ्ग समाचार ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सार्वजनिक भएको ३ दिनमै करिब साढे ७ लाखले आवेदन गरेका छन् ।

इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार शुक्रबार साँझसम्मा ७ लाख ४४ हजार ४९१ जनाबाट आवेदन परेको हो ।

३ दिनमा परेको औषत आवेदन प्रतिदिन २ लाख ४८ हजार रहेको छ । कम्पनीको आईपीओमा अझै शनिबार र आइतबार आवेदन गर्ने समय रहेकाले यस आईपीओमा आवेदक झनै बढ्ने प्रष्टै देखिन्छ । 

क्यापिटलका अनुसार उक्त संख्याको आवेदनबाट १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५५० कित्ता शेयर माग भएको छ ।

सर्वसाधारणकमा निष्काशन गरेको आर्इपीओमा दोस्रो दिनसम्ममा ५.९५ गुणा धेरै आवेदन परेको हो । कम्पनीले बुधबारदेखि कर्मचारी र सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ ।