भारतीय स्टेट बैंकले ३० हजार कर्मचारी कटौती गर्ने

भारतीय स्टेट बैंकले ३० हजार कर्मचारी कटौती गर्ने


बैकिङ्ग समाचार ।

भारतीय स्टेट बैंक (एसबीआई)ले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने  तयारी गरेको छ ।  बैंकले करिब ३० हजार कर्मचारी कटौति गर्ने तयारी गरेको हो । बैंकले कर्मचारीहरूको लागि ठूलो स्वैच्छिक सेवानिवृत्ति योजना (भीआएस) पेश गर्न तयारी गरिरहेको छ ।

समाचार एजेन्सी पीटीआईले जनाए अनुसार ३०१९० कर्मचारीहरू यस योजनाका कारण बैंकबाट बाहिरीदैछन । भिआरएसका लागि मस्यौदा तयार गरीएको छ र बोर्ड स्वीकृति पर्खिरहेको छ । यस प्रस्तावित भिआरएस २०२० नाम दिइएको छ । यसअघिको बर्ष २००१ मा एसबीआईले भिआरएस ल्याएको थियो । 

एसबीआईका कर्मचारीहरू मार्च ३१ २०२० सम्ममा २.४९ लाख कर्मचारी थिए । जब २०१९ मार्चमा २.५७ लाख कर्मचारी कार्यरत थिए । प्रस्तावित मस्यौदाका अनुसार कुल ११्५६५ अधिकारी र १८६२५ जना कर्मचारी यो योजनामा सामेल हुन योग्य छन् ।  

बैंकका अनुसार यो भिआरएसबाट कर्मचारी कटौतिसँगै बैंकले दुई हजार करोडभन्दा बढीको बचत गर्नेछ ।  यस योजना अन्तर्गत सेवानिवृत्तिका ३० प्रतिशत कर्मचारीले मात्रै पनि भिआरएसको योजनामा भाग लिएभने २०२०को तलबको आधारमा १६६२.६ करोड रुपैयाँ भारु बचत हुने अनु्मान गरेको छ ।  
एजेन्सी