नेपाल रिइन्स्योरेन्सको निमित्त सीईओमा भण्डारी नियुक्त


काठमाडौं – नेपाल रिइन्योरेन्सको कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन्।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले कम्पनीको एघारौँ तहमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत दामोदरलाई सो पदमा नियुक्त गरेको हो। 

भण्डारीलाई आजैदेखि लागू हुने गरी सो पदको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ।