सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आवेदक २ दिनमै ६ लाख नाघे 

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आवेदक २ दिनमै ६ लाख नाघे 


बैकिङ्ग समाचार । 
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकोे आईपीओमा दुई दिनमा नै करिब ६ लाखले आवेदन गरेका छन् ।

इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बिहीबर साढे ६ बजेसम्ममा ५ लाख ८५ हजार २०८ जनाबाट आवेदन परेको हो ।

क्यापिटलका अनुसार उक्त संख्याको आवेदनबाट १ अर्ब २९ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ६३ हजार १५० कित्ता शेयर माग भएको छ ।

आईपीओमा पहिलो दिनमा नै २ लाख ६५ हजार ९१६ जनाले आवेदन दिएका थिए।

सर्वसाधारणकमा निष्काशन गरेको आइपिओमा दोस्रो दिनसम्ममा ४.७५ गुणा धेरै आवेदन परेको हो ।

कम्पनीले बुधबारदेखि कर्मचारी र सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ ।

लगानीकर्ताले आईपीओमा मेरो शेयर वेवसाइटबाट अनलाईन तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको हो ।