राष्ट्र बैंकले यो दशैँमा नयाँ नोट नसाट्ने  

राष्ट्र बैंकले यो दशैँमा नयाँ नोट नसाट्ने  


बैकिङ्ग समाचार । 
यो वर्षको दसैंमा नेपाल राष्ट्र बैंकले आफ्नो कार्यालयबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ। 

विगतका वर्षमा केन्द्रीय कार्यालय बालुवाटार वा थापाथली कार्यालय तथा क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण हुँदै आएको थियो। यस पटक कोरोनाको जोखिमका कारण राष्ट्र बैंकले आफ्ना कार्यालयबाट नयाँ नोट वितरण नगर्ने भएको हो। 

राष्ट्र बैंकले नयाँ नोट वितरण गर्दा भीड बढ्ने भएकाले नयाँ नोट वितरण नहुने एक उच्च अधिकारीले जानकारी दिए। यद्यपि यसबारे ठोस निर्णय राष्ट्र बैंकले गरिसकेको छैन। 

प्रवक्ता डा। गुणाकर भट्टले भने नयाँ नोट सटही कसरी गर्ने वा नगर्ने भन्ने बारेमा अझै निर्णय भइनसकेको बताए।  

बैंकमार्फत वितरण गर्दा पनि जोखिम बढ्न सक्ने भएकाले यस वर्ष नयाँ नोट नै वितरण नगर्ने राष्ट्र बैंकको तयारी छ।