पासवर्ड रिसेट गर्न इसेवाको आग्रह 

पासवर्ड रिसेट गर्न इसेवाको आग्रह 


बैकिङ्ग समाचार । 
अनलाइन पेमेन्ट गेटवे कम्पनी इसेवाले आफ्ना ग्राहकलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको छ। 

इन्टरनेटको दुनियाँमा समान र अनुमानयोग्य पासवर्डका कारण दुरुपयोग हुनसक्ने खतरा भएको भन्दै कम्पनीले पासवर्ड रिसेट गर्न आग्रह गरेको हो। 

समाजिक सञ्जालमा इसेवा ह्याक भएर खाता विवरण लिक भएको हल्ला चलिरहेको बेला यो कुरामा कुनै सत्यतता नभएको कम्पनीले जनाएको छ । 

बजारमा चलेको हल्ला सत्य नभएको कम्पनीले बताएको छ । 

ह्याक भएको हल्ला भएपनि कम्पनीले त्यो हल्ला आउनुअघि नै ग्राहकहरुलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको उनले बताए।