नेपाल लाइफको सीईओमा दोहोरिए प्रवीण रमण पराजुली


काठमाडौं – नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनः नियुक्त भएका छन् । हाल कम्पनीकै सीईओका रुपमा काम गरिरहेका पराजुली पुनः सीईओमा नियुक्त भएका हुन् ।

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औं बैठकले उनलाई पुनः नियुक्त गरेको हो । पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त भएका हुन् ।