काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ।
आर्थिक वर्ष २०८२/८३ को १० महिनामा वाणिज्य बैंकहरूको ८ खर्ब ३४ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को १ खर्ब ४४ अर्ब ५५ करोड गरी कुल ९ खर्ब ७९ अर्ब ४१ करोडको अन्तर बैंक कारोबार भएको छ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस्तो देखाएको हो। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको १४ खर्ब ७० अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब ४९ अर्ब ६८ करोड गरी कुल १६ खर्ब २० अर्ब ५४ करोडको अन्तरबैंक कारोबार भएको थियो।





About Us
प्रतिक्रिया