महिला लघुवित्तको कामु सीईओमा दिवस राज ओली नियुक्त


काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिवस राज ओली नियुक्त भएका छन्। संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले कामु सीईओको जिम्मेवारी ओलीलाई दिने निर्णय गरेको हो।

उनी हाल संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्। उनको कामु सीईओको कार्यकाल आगामी असार ३ गतेदेखि सुरु हुने संस्थाले जनाएको छ।