राजश्व संकलनका लागि ग्लोबल आइएमइ र आइएमइ पे बीच समझदारी 

राजश्व संकलनका लागि ग्लोबल आइएमइ र आइएमइ पे बीच समझदारी 


बैकिङ्ग समाचार । 
ग्लोबल आइएमइ बैंक र आइएमइ पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

बैंकमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहाटाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि नगदको रुपमा संकलन गर्दै आइरहेको सबै सरकारी कार्यालयको राजश्व भुक्तानीलाई आइएमइ डिजिटल मोबाइल वालेटको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।