नेरुडे मिर्मिरेको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्तले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले दुई संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार १२८ कित्ता शेयर बिक्रीमा राखेकोहो। संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ।

सो शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिन सक्नेछन्।