नियमन खुकुलो भए विकास बैंक पनि इनोभेसनमा अघि बढ्न सक्छन्: अध्यक्ष आचार्य


काठमाडौं – कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था थप लचिलो बनाए विकास बैंकहरूले पनि नवप्रवर्तन (इनोभेसन) मा उल्लेखनीय प्रगति गर्न सक्ने बताएका छन्।

चौथो बैंकिङ्ग डिस्काेर्शकाे तेस्रो सत्रमा ‘विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीति’ विषयमा बोल्दै अध्यक्ष आचार्यले विकास बैंकहरूमा नवीन सोच र प्रविधि अपनाउने क्षमता भए पनि कडा नियामकीय व्यवस्थाले त्यसलाई सीमित बनाएको धारणा राखे।

उनले विकास बैंकहरूलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन नियामकीय वातावरण अनुकूल हुन आवश्यक रहेको बताए। ‘नियमन खुकुलो बनाइए विकास बैंकहरूले पनि नयाँ सेवा, प्रविधि र व्यवसायिक मोडेलमार्फत बैंकिङ्ग क्षेत्रमा इनोभेसन गर्न सक्छन्, ‘उनले भने।

Skip This