खण्डीकृत जग्गाका कारण कृषि उत्पादनमा चुनौती : ढुन्डीराज लामिछाने


काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुन्डीराज लामिछानेले नेपालमा खेतीयोग्य जमिन खण्डीकृत हुँदै जाँदा कृषि उत्पादन र व्यावसायिक खेती विस्तारमा चुनौती थपिएको बताएका छन्। चौथो बैंकिङ्ग डिस्कोर्स २०२६ अन्तर्गत ‘कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ विषयक दोस्रो सत्रमा बोल्दै उनले नेपालमा ठूला कृषकको संख्या कम रहेको र जग्गा निरन्तर टुक्रिँदै गएको बताए।

उनले भने, ‘नेपालमा करिब २५ लाख हेक्टर खेतीयोग्य जमिन रहेको छ। उब्जाउ जमिनको क्षेत्रफल सीमित हुँदै गइरहेको अवस्थामा कृषिमा निर्भर जनसंख्या भने बढिरहेको उनले उल्लेख गरे। लामिछानेले कृषि क्षेत्रका केही उपक्षेत्रमा उल्लेखनीय प्रगति भएको पनि बताए। उनका अनुसार नेपाल कुखुरा तथा अण्डा उत्पादनमा आत्मनिर्भर भइसकेको छ भने दूध उत्पादनमा समेत आत्मनिर्भरता हासिल गर्ने दिशामा अघि बढिरहेको छ।’

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकार, बैंकिङ्ग क्षेत्र तथा निजी क्षेत्रबीच समन्वित लगानी र सहकार्य आवश्यक रहेको उनले जोड दिए।