काठमाडौं – राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले कृषि क्षेत्रमा कर्जा वितरणमुखी मात्र भएको उत्पादनमुखी नभएको औँल्याएका छन्। चौथो बैंकिङ्ग डिस्कोर्श २०२६ को दोस्रो सत्रः कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा छलफल गर्दै सो बताएका हुन्।
उनले भने, ‘कृषि परम्परागत मात्रै भएको। आधुनिक बनाउन सकिएको छैन। भौगोलिक विविधता छ। तराईदेखि हिमालसम्म विविध उत्पादन गर्नसकिन्छ। सरकारले नीतिगत व्यवस्था गरेको छ। कर्जा क्षेत्र वितरणमुखी छ। उत्पादनमुखी छैन।’
उनले भने, ‘पहाडतिर कृषि जग्गा बाझो भइरहेका छन्। नवयुवाले कृषिमा खोजतलास गरिरहेका छैनन्। कृषि पढेका विद्यार्थी पनि विदेश गइरहेका छन्। केही जोखिम छ। त्यसलाई विविधकरण गर्न सकिन्छ। सामाजिक र मानसिक सोचमा तिव्र परिवर्तन आएको छ। पढिनस् भने हलो जोत्नुपर्छ भन्ने भाष्यले पनि बिगारेको हो।’





About Us
प्रतिक्रिया