किसानलाई कर्जा होइन, बजार र मूल्य चाहिएको छः कार्यकारी निर्देशक पौडेल


काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले किसानलाई कर्जा नभई बजार र मूल्य चाहिएको बताएका छन्। चौथो बैंकिङ्ग डिस्कोर्श २०२६को दोस्रो सत्रः कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा छलफल गर्दै उनले कर्जा प्रवाह पर्याप्त मात्रामा हुँदा पनि बजार र मूल्य नहुँदा कृषि क्षेत्रमा समस्या देखिएको बताए।

उनले भने,‘ कृषिमा राष्ट्र बैंकले प्राथमिकता दिँदा पनि कर्जा प्रवाह किन पर्याप्त छैन भन्ने छ। राष्ट्र बैंककै प्रयासस्वरुप कृषिमा जति पनि कर्जा गएको छ। कर्जा नगएको त होइन। किसानलाई बजार र मूल्य चाहिन्छ। सरकारको नीति र प्रोत्साहन सुनिश्चित गर्ने हो। यो राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले गर्ने होइन। सहुलियतपूर्ण कर्जा कार्यक्रम पनि गए। छुटमा कर्जा प्रवाह पनि भए। सरकारको कार्यक्रम हो। राष्ट्र बैंकले यति धेरै नीति ल्याएको छ। किसानले पूर्वाधार नपाएर यस्तो भएको हो।’