खराब कर्जा बढेकै कारण कृषिमा जोखिम छ भन्न मिल्दैनः भरतराज ढकाल


काठमाडौं – मुक्तिनाथ कृषि कम्पनीका प्रबन्धक सञ्चालक भरतराज ढकालले खराब कर्जा बढेकै कारण कृषिमा जोखिम छ भन्न नमिल्ने बताएका छन्। चौथो बैंकिङ्ग डिस्कोर्श २०२६को दोस्रो सत्रः कृषिमा लगानी विस्तार: बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा छलफल गर्दै उनले सो बताएका हुन्।

ढकालले भने, ‘कृषिमा पछिल्लो क्रममा ५ प्रतिशत सब्सिडी ब्याजमा दिइरहेको छ। बैंकलाई पनि कृषि क्षेत्रमा लगानी गर्नैपर्ने सीमा तोकिएको छ। तर नियमन कमजोर छ। अधिकांश व्यवसायी कृषि कर्जा लिएर दुरुपयोग पनि गरे। कृषिको पैसा लगेर घरजग्गामा लगानी गर्ने प्रवृत्ति पनि छ।’ त्यसले निष्क्रिय कर्जा पनि बढ्यो। खराब कर्जा बढेकै कारणले कृषि कर्जा जोखिममा गयो भन्ने भाष्य सिर्जना भइरहेको छ। हामीसँग संस्थागत थोक बजार छैन। जसले गर्दा किसानले मूल्य पाइरहेका छैनन्।’