साना किसानलाई उत्प्रेरित नगरेसम्म रोजगारी सिर्जना हुँदैन: सीईओ खनाल


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले साना किसानलाई उत्प्रेरित नगरेसम्म  रोजगारी सिर्जना नहुने बताएका छन्। चौथो बैंकिङ्ग डिस्कोर्श २०२६को दोस्रो सत्रः कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा छलफल गर्दै उनले सो बताएका हुन्। 

उनले भने, ‘हाम्रो स्रोतसाधन हेर्ने हो भने जनशक्ति छैन। म कसैको फर्ममा जाँदा तपाईँकोमा काम गर्ने कति छन् भनेर हेर्छु। कृषिमा ५० वर्ष माथिका उमेरका व्यक्ति छन्। पढेलेखेका मान्छे किसान बन्नु हुन्न भन्ने भाष्य बन्यो। साना किसान हाम्रो बैङ्कमा जोडिनु भएको छ। साना किसान केन्द्रित सस्तो कर्जा प्रवाह गरेका छौँ। जोखिम कृषिमा छ। सिजनल व्यवसाय छ। सिँचाइको उचित व्यवस्था छैन। बजार र मूल्य सुनिश्चित छैन। उत्पादित वस्तु समय र उचित मूल्यमा बिक्री हुन सक्दैन।’ 

Skip This