काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले लगानीकर्ताका लागि कन्फिडेन्स स्टिमुलस प्याकेज आवश्यक रहेकाे औँल्याएका छन्। चौथो नेशनल बैंकिङ्ग डिश्कोर्स २०२६ को पहिलो सत्र ‘कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल ?’ मा छलफल गर्दै सो बताएका हुन्।
उनले भने, ‘अङ्क ठिकठाक छन्। लगानीकर्ताको विश्वास बढ्न सकेको छैन। कतै निजी क्षेत्रले बजेटपछि स्टिमुलस प्याकेज खोजेको हो। साना कर्जामा समस्यामा परेको छ। बैङ्क तथा वित्तीय संस्थाले साना कर्जामा उदासीन भएको छ की १० लाख ? रूपैयाँसम्मको कर्जा प्रवाहमा धितो अनिवार्य नहुने व्यवस्था गर्यौं।’
उनले भने, ‘डिजिटल पनि सहजीकरण गरेका छौँ। मौद्रिक नीतिबाट गर्नुपर्ने सहजीकरण पर्याप्त छन्। अधिक तरलता छ। बैङ्कहरू कर्जा प्रवाह गर्ने अवस्थामा छन्। कन्फिडेन्स निर्माण गर्नुपर्ने गरी काम गर्नुपर्ने देखिन्छ। उपभोग र माग कमजोर भएको हो। बैङ्कलाई कर्जा देऊ मात्रै भन्नुहुँदैन। पूर्वाधारमा लगानी बढाउनुपर्छ। माग बढाउनेतर्फ केन्द्रित हुनुपर्छ। बैंकिङ्गमा तरलता बढी भयो।’








About Us
प्रतिक्रिया