काठमाडौं – नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीले बैंक ब्याजदर घट्दा पनि उपभोगमा सुधार नभएको बताएका छन्। चौथो नेशनल बैंकिङ्ग डिश्कोर्स २०२६ को पहिलो सत्र कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल ? मा छलफल गर्दै सो बताएका हुन्।
उनले भने, ‘समाजको परिवेश कस्तो छ भने हामी छिटो आतिने र मातिने गर्छौं। जतिबेलामा ब्याजदर बढेको थियो त्यसकारण बजार चलायमान भएन भन्ने थियो। तर, घट्दा पनि सुधार छैन। उपभोग कमजोर छ।’
दक्षिण एसियामा नेपालको बैंकिङ्ग क्षेत्रले प्रगति तुलनात्मक रुपमा राम्रो छ। बैंक नवप्रवतर्नकारी, अनुशासित र सुशासन कायम भएको संस्था र राष्ट्र बैंक जस्तो नियामक निकाय अरु क्षेत्रमा हुन्थ्यो भने सबै क्षेत्रमा सुधार आउन सकेको हुन्थ्यो। २५७ अर्ब रेमिट्यान्स आएको छ। उपभोक्ता अधिकांश बाहिर रहेको उनले बताए।
उनले भने, ‘बैंकले तपाईंलाई दिएको ऋण दिन्छ। कुन सेवा कुन प्रडक्ट चाहियो? बैंकले दिन तयार छ। उपभोगमा समस्या छ। माइग्रेसनले गर्दा देखिएको समस्या हो। बैंकका सीइओ र उद्यमी समातिएका छन्। बदमास भए अदालतले किन छोड्छ ? फौजदारी र वित्तीय अपराध किन नछुट्याएको ? कसैले वित्तीय अपराध गर्छ भने पाँच गुणाले जरिवाना लगाए भयो।’
उनले भने, ‘राज्य संवेदनशील हुनुपर्छ। केही पनि बिग्रिएको छैन। निजी क्षेत्रको मनोबल बढाउने काम गर्नुपर्छ।
विदेश गएका नेपाली फर्किन तयार छन्। फर्किने वातावरण राज्यले तयार गर्नुपर्छ।’








About Us
प्रतिक्रिया