काठमाडौं – बैंक तथा वित्तिय संस्था परिसंघ (सिबिफिन) का महासचिव मनोज कुमार गोयलले बैंकिङ्ग क्षेत्र आज एउटा महत्त्वपूर्ण सङ्क्रमण कालबाट गुज्रिरहेको बताएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्युजको संयुक्त आयोजनामा सञ्चालित चौथो बैंकिङ्ग डिस्कोर्श २०२६ लाई सम्बोधन गर्दै उनले सो बताएका हुन्।
महासचिव गोयलले डिस्कोर्श उठेका विषय आगामी नीति र मौद्रिक समीक्षामा समेटिने र नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयले अभिभावकिय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए। वित्तीय नीति छलफलको क्रममा रहेको र मौद्रिक नीति तर्जुमा हुँदै गरेको सान्दर्भिक र संवेदनशिल समयमा भएको बैंकिङ्ग डिस्कोर्शले नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने पनि उनले बताए।
उनले बैंकिङ्ग क्षेत्रको स्थायित्व, दिगो विकास र एक सबल, सुरक्षित, सवल तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण अपरिहार्य रहेको पनि बताए। नेपाली अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बैंकिङ्ग क्षेत्रका समसामयिक मुद्दामा गम्भीर चुनौती र आगामी नीति कार्य विषयमा दिशाका बारेमा मन्थन गर्न डिश्काेर्स महत्त्वपूर्ण मञ्च भएको पनि औँल्याएँ।





About Us
प्रतिक्रिया