काठमाडौं– बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले आफूहरूले मिडिया र बैंकको मात्र सम्बन्ध नहेरी सम्पूर्ण इकोसिस्टमलाई नै टेवा पुग्ने गरी काम गरिरहेकाे बताएका छन्। प्रबन्ध निर्देशक ढुंगेलले चाैथाे संस्करणकाे नेशनल बैंकिङ्ग डिस्कोर्स २६ लाई सम्बोधन गर्दै साे बताएका हुन्।
उनले भने,’ हामी विश्वास गर्छौं कि नीति निर्माता, नियामक, बैंकर, व्यवसायी, विकास साझेदार र विज्ञहरूबीच हुने खुला संवादले समस्याको पहिचान मात्र गर्ने छैन। समाधानका सम्भावित मार्गहरू पनि प्रस्तुत गर्नेछ। यही संवाद र सहकार्यको संस्कृतिले नेपालको वित्तीय क्षेत्रलाई अझ सक्षम, प्रतिस्पर्धी र उत्तरदायी बनाउन मद्दत पुर्याउनेछ।’
चार वर्षअघि सुरु गरिएको नेशनल बैंकिङ्ग डिस्कोर्स आज बैंकिङ्ग तथा आर्थिक क्षेत्रको एक महत्वपूर्ण बौद्धिक मञ्चका रूपमा स्थापित भएको उनले दाबी गरे। विगतका संस्करणहरूमा उठाइएका विषयहरूले राष्ट्रिय बहसलाई दिशा दिनुका साथै नीति निर्माण प्रक्रियामा समेत प्रभाव पारेकाे उनले बताए।
पूर्णपाठः








About Us
प्रतिक्रिया