नेपाल इन्भेष्टमेण्ट बैंक डिबेन्चर २०८२ नामक ऋणपत्र असार ३ गते परिपक्व हुने 


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले जारी गरेको ‘नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नामक ऋणपत्र परिपक्व हुने भएको छ। ७ वर्ष अवधिको यो ऋणपत्र आउँदो असार ३ गते परिपक्व हुने भएको हो। 

७ वर्ष अवधिको प्रतिकित्ता१ हजार रुपैयाँ अंकित मूल्यका कुल २० लाख कित्ता १०.५ प्रतिशत ब्यजदर कायम गरिएको ऋणपत्र २०७६ असार ४ गते बाँडफाँट गरी २०७६ भदौ १६ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र बैंकबीच सूचीकरण सम्झौता सम्पन्न भएको थियो।

 बैंकले ऋणपत्र परिपक्वतासँग सम्बन्धित सम्पूर्ण कार्यहरू सूचीकरण सम्झौता तथा प्रचलित नियामकीय व्यवस्था अनुसार सम्पन्न गरिने समेत जनाएको छ।

Skip This