बैंकिङ्ग डिस्कोर्शको सम्पूर्ण तयारी पूरा


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को सम्पूर्ण तयारी सकिएको छ । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २७ गते अर्थात् भोलि हुने चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ को तयारी पूरा भएको हो । बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलकाअनुसार काठमाडौंको मेरियट होटलमा आयोजना हुने सो डिस्कोर्शको उद्घाटन सांसद मनिष झाले गर्नेछन् । सो कार्यक्रममा चार ओटा सत्रमा विशेष छलफल हुनेछ ।

डिस्कोर्शमा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।

डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।

डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ बेस एआई रहेको छ।

Skip This