मानुषी लघुवित्तले डाक्यो सातौं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाले असार १३ गते आफ्ना शेयरधनीलाई सातौं वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा बनेपामा रहेको होटल उग्रचण्डीमा हुने भएको छ। सो सभा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।

सभामा जीवन विकास लघुवित्त कटहरी मोरङ्ग र युनिक नेपाल लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित गरिनेछ। त्यसैगरी, तीनवटै लघुवित्त एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा हालसम्म भएका निर्णय तथा कामकारवाहीलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

सभामा गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात र गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण तथा सोहि अवधिको अन्य वित्तीय विवरणहरू माथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ।

सो सभा प्रयोजनका लागि संस्थाले असार ३ गते एक दिनका लागि शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने निर्णय गरेको छ। जसको अर्थ नेपाल स्टक एक्चेन्ज लिमिटेडमा असार २ गते सम्म कारोवार भई संस्थाको शेयरधनी दर्ता किताब वित्तीय संस्थाको शेयर रजिष्ट्रार नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग कमलादी, काठमाडौंमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न, बोनस शेयर तथा लाभांश पाउन योग्य हुने संस्थाले जनाएको छ।

Skip This