सानिमा जनरलको आईपीओ पहिलो दिनमै सबै बिक्यो: २ लाख ६५ हजारले मागे सेयर

सानिमा जनरलको आईपीओ पहिलो दिनमै सबै बिक्यो: २ लाख ६५ हजारले मागे सेयर


बैकिङ्ग समाचार ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणकमा निष्काशन गरेको साधारण शेयर (आइपिओ) मा पहिलो दिनमा नै २.२५ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले आजदेखि कर्मचारी र सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएकोमा सर्वसाधारणबाट माग गरिएकोभन्दा २.२५ गुणा धेरै आवेदन परेको हो।

इन्स्योरेन्स कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बेलुका सबा ५ बजेसम्ममा ६१ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको ६१ लाख ४७ हजार ६०० कित्ता शेयरको खरीदका लागि माग भएको छ । आईपीओमा पहिलो दिनमा नै २ लाख ६५ हजार ९१६ जनाले आवेदन दिएका छन् ।

लगानीकर्ताले आईपीओमा मेरो शेयर वेवसाइटबाट अनलाईन तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट असोज २५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएर बाँकी २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणबाट आदेन मागेको थियो ।