काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको छ।
संस्थाले एक संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले उक्त शेयर सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो।
संस्थाले सो शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीमा बिक्रीमा ल्याएकोमा उनीहरुबाट कुनै आवेदन नपरेपछि सो शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।
संस्थाको सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया