चौथो नेशनल बैकिङ्ग डिस्कोर्शः वक्ताका रूपमा नबिल बैंकका डिसीईओ आदर्श बजगाईँ सहभागी हुने


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रूपमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आदर्श बजगाईँ सहभागी हुने भएका छन्।

बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने छलफलको चौथो सत्रको वक्ताका रुपमा बजगाईँ सहभागी हुने भएका हुन्। छलफलको चौथो सत्र बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक सत्रकाे वक्ताका रुपमा उनी सहभागी हुने भएका हुन्।

बजगाईँ २०७६ कात्तिकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट नबिल बैंकमा प्रवेश गरेका थिए।उनीसँग स्ट्यान्डर्ड  चार्टर्ड बैंकमा १६ वर्ष काम गरेको अनुभव छ। बजगाईँसँग नेपाल राष्ट्र बैंक, लगानी बोर्ड, स्ट्यान्डर्ड चार्टर्ड बैंकदेखि नबिल बैंकसम्म कामको कामको अनुभव छ। 

उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्। 

डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसा: कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।