काडमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शकाे दोस्रो सत्रमा वक्ताका रूपमा मुक्तिनाथ कृषि कम्पनीका निर्देशक भरत राज ढकाल सहभागी हुने भएका छन्। ढकाल बैंकिङ्ग समाचार डटकम र बैंकिङ्ग न्युजकाे संयुक्त आयोजनामा आगामी जेठ २७ गते हुने चौथो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘कृषिमा लगानी विस्तार– बैंक, सरकार र निजी क्षेत्रको भूमिका’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन्।
ढकालसँग बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ। डेभलपमेन्ट बैंकर्स संघका पूर्व अध्यक्ष समेत रहेका ढकाल मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा रहेर काम गरेका छन्। बैंकिङ्ग क्षेत्रमा सफल बैंकरका रूपमा स्थापित ढकालले शैक्षिक रूपमा व्यवसायिक प्रशासनमा स्नाकोत्तर गरेका छन्।
उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। कार्यक्रममा उद्घाटन सत्रसहित पाँच वटा सत्र गत छलफल हुनेछन्।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।






About Us
प्रतिक्रिया