काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शमा चारवटा सत्रगत छलफल हुने भएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुने चौथो संस्करणको डिस्कोर्शमा चारवटा सत्रगत छलफल हुने भएको हो। डिस्कोर्शमा उद्घाटनसत्रसहित चार वटा सत्रगत विशेष छलफल हुनेछ।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन रहेको छ भने नलेज पार्टनरमा काठमाडौं फिनटेक रहेको छ।
उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरु तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ।






About Us
प्रतिक्रिया