सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एक संस्थापक शेयरधनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। 

संस्थाले सो शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्ने मिल्ने गरी बिक्रीमा ल्याएको हो। उक्त, शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। 

इच्छुक आवदकले संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, ललितपुर वा शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं –१, नागपोखरी नक्सालमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाइ आवेदन दिन सक्नेछन्।