विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने


बैकिङ्ग समाचार 
विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ। दुई कम्पनीबीच प्राप्तिका लागि सोमबार सम्झौता भएको हो।

विजय लघुत्तिको चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार छ भने खप्तड लघुवित्तको पूँजी २ करोड ६८ लाख छ। खप्तडलाई प्राप्ति गरेपछि विजय लघुवित्तको पूँजी २५ करोड ८ लाख ३१ हजार कायम हुनेछ।

विजय लघुवित्त नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको कम्पनी हो भने खप्तड लघुवित्तले आईपीओ निष्काशन गरेको छैन ।